भोलिबाट टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प सुरु

२०८२ चैत्र ५, बिहीबार

काठमाडौं : नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंगले चैत्र ६ गतेदेखि चैत्र ८ गतेसम्म स्प्रिंग एक्सचेन्ज क्याम्प कार्यक्रम सुरु गर्ने भएको छ ।

यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेंजका गाडी लिन सकिने कम्पनीले जानकारी दिएको छ ।यो अवधिमा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडी साँट्न सकिनेछ । यो कार्यक्रम टाटा मोटर्सका देशभरका शोरुमहरूमा आयोजना हुनेछ ।

स्प्रिंग एक्सचेन्ज क्याम्प योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरूले आकर्षक छुट, आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ बक्स जडान साथै हरेक बुकिङमा आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । बम्पर लकी ड्रमा आइफोन १७ प्रो पनि जित्न सकिनेछ ।

यस्तै, सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइन भएका उत्पादनहरू अवलोकन गर्न र टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार