काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन् ।
रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच बिहीबार भएको छलफलले प्रधानमन्त्रीको शपथ लिने मिति तय गरेको हो ।
उपसभापति वाग्लेका अनुसार चैत १३ गते शाहले प्रधानमन्त्री पदको शपथ लिनेछन् भने चैत १२ गते सांसदहरूको शपथ कार्यक्रम हुनेछ ।









