काठमाडौं : नेपाली कांग्रेसले सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए।
शर्माले सामाजिक सञ्जालमा फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टी पराजयको नैतिक जिम्मा सभापति थापाले लिन्छु भन्नु सकारात्मक भएको उल्लेख गर्दै लेखेका छन्, ‘तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने हो।’
उनले केन्द्रीय समिति बैठकमा सभापति थापाको राजीनामा र त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव पेस हुने जनाउँदै लेखेका छन्, ‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन।’





