रास्वपाले १८ सदस्यीय मन्त्रिपरिषद बनाउने

२०८२ चैत्र ६, शुक्रबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ सदस्यीय मन्त्रिपरिषद बनाउने गृहकार्य सुरु गरेको छ ।

२१ फागुनको निर्वाचनबाट प्रचण्ड बहुमतसहित सरकार सञ्चालनको संघारमा पुगेको रास्वपाले १८ सदस्यीय मन्त्रिपरिषद गठनको तयारी गरेको हो ।रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय मन्त्रिपरिषद बैठक गठनको प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार यसक्रममा केही मन्त्रालय गाभ्ने कि मन्त्रीहरुलाई दोहोरो जिम्मेवारी दिने भन्ने विषयमा छलफल चलिरहेको छ ।

‘मन्त्रालयको संख्या र मन्त्री बन्नेहरुको नामावली टुंगो लागिसकेको छैन । तर हामी सकेसम्म १८ वा त्योभन्दा कम गर्ने गरी छलफलमा छौं,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार