चलचित्र ‘राम नाम सत्य’को नयाँ गीत ‘हुम्लाको लिमी’ सार्वजनिक

२०८२ चैत्र ६, शुक्रबार

काठमाडौं : चलचित्र ‘राम नाम सत्य’को नयाँ गीत ‘हुम्लाको लिमी’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर, एसडी योगीको संगीत र मौसम अर्यालको शब्द छ । रोमान्टिक शैलीको यो गीतको भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।

गीतमा फिल्मका मुख्य नायक विराज भट्ट र नव–नायिका खुशी कार्कीले नृत्य गरेका छन् । यो गीतको छायांकन दैलेखमा गरिएको हो । माइकल इन्टरटेन्मेन्टको हाउसको प्रस्तुतिमा तयार भएको यो फिल्ममा कथा, पटकथा तथा निर्देशन माइकल चन्दको छ ।

फिल्ममा विराज भट्ट, सुनिल थापा, सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार