काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य ७ हजार ८ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ७ हजार ८ सय रूपैयाँले घटेर २ लाख ९४ हजार ५ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार १० रूपैयाँ कायम भएकोमा आज १ सय १५ रूपैयाँले घटेर ४ हजार ८ सय ९५ रूपैयाँ कायम भएको छ ।









