प्रभु बैंकको कमलादी शाखाद्धारा प्रभातफेरी कार्यक्रम संचालन

२०८२ चैत्र ६, शुक्रबार

काठमाडौँ : प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनि विक–२०२६’ अन्र्तगत प्रभातफेरी कार्यक्रम आयोजना गरि मनाइएको छ ।

बैंकको कमलादी शाखाले चैत्र ६ गते ‘स्मार्ट मनि टक्स’ भन्ने मूल नाराका साथ प्रभातफेरी कार्यक्रम मनाएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित बैंकका उच्च पधादीकारी तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

र्याली बैंकको कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोेक हुँदै पुनः कमलादी शाखामा आई समापन भएको थियो । उक्त कार्यक्रममा ‘स्मार्ट मनि टक्स’ को मुल नारा सहितका वित्तीय संदेशमुलक प्ले–कार्ड तथा ब्यानरहरु प्रस्तुत गरिएको थियो ।

बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, ३१० एटीएम साथै ७१ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार