नयाँ बन्ने सरकारलाई महावीरका दुई सुझाव

२०८२ चैत्र ७, शनिबार

बागलुङ : म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले अब बन्ने नयाँ सरकारलाई दुई बुँदे सुझाव दिएका छन् ।

पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ बन्ने सरकारलाई शिक्षा सम्बन्धी दुई सुझाव दिएका हुन् ।

पुनले विश्वविद्यालय, विद्यालय तथा स्वास्थ्य प्रतिष्ठानहरुमा राजनीतिक भागबण्डा र राजनीतिकरणको अन्त्य गरी विशुद्ध शैक्षिक वातावरणको सृजना गर्नु पर्ने, त्यसको लागि विश्व विद्यालय ऐन र शिक्षा ऐनमा पूर्ण संशोधन गर्नुपर्ने सुझाएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सीटीईभीटी)लाई पूर्ण रूपमा पुर्नसंरचना गरी सैद्धान्तिकभन्दा सिपमुलक शिक्षामा मात्र बढी जोड दिनुपर्ने पुनले उल्लेख गरेका छन् ।

जेनजी आन्दोलपछि बनेको सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पुनले सार्वजनिक शिक्षा सुधार्ने विषयलाई चुनावमा प्रमुख एजेन्डा बनाएर प्रचारमा गरेका थिए । शिक्षामा भएको भ्रष्टाचार, अनियमितता, मनपरीतन्त्र र राजनीतीकरणलाई अन्त्य गर्न चाहेको भन्दै मन्त्री हुँदा शिक्षासम्बन्धी ऐन तथा नियमावली ल्याउन असफल भएको र त्यसलाई पूरा गर्न संसदमा पुग्नुपर्ने हुँदा चुनाव लेडेको बताउँदै आएका छन् ।

पुनले गत पुस महिनामै शिक्षा नियमावली, विश्वविद्यालयसम्बन्धी ऐन, उच्च शिक्षा ऐन र अनुसन्धान तथा नवप्रवर्तन कोष सम्बन्धी ऐन ल्याउन खोजेका थिए । आफू संलग्न सरकारबाटै असहयोग भएको हुँदा ऐन ल्याउन नसकेको उनको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार