उज्यालो नेपाल पार्टीको ९ सदस्यीय सचिवालय गठन

२०८२ चैत्र ७, शनिबार

काठमाडौं : उज्यालो नेपाल पार्टीले सचिवालय गठन गरेको छ। शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय टुंग्याएको हो।

पार्टीको विधानअनुसार १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि हाल ९ जनाको मात्र चयन गरिएको छ। विधानमा अध्यक्ष, वरिष्ठ नेता, एक महिलासहित दुई उपाध्यक्ष, महासचिव, एक महिलासहित दुई उपमहासचिव, तीन महिलासहित सात सचिव र एक कोषाध्यक्ष रहने प्रावधान छ।

बैठकले अध्यक्षमा कुलमान घिसिङ, वरिष्ठ नेतामा अनुपकुमार उपाध्याय, उपाध्यक्षमा प्राडा महेन्द्र लावती र महासचिवमा धर्मबहादुर चौधरीलाई चयन गरेको छ। त्यस्तै, सचिवमा रामेश्वर श्रेष्ठ, सुमी मोक्तान, जितराम लामा र केदार खड्का चयन भएका छन् भने कोषाध्यक्षमा भगवती कक्षपति नियुक्त भएका छन्।

पार्टी प्रवक्तामा श्री गुरुङ, सचिवालय सदस्यमा राजेन्द्र अवस्थी र मुख्यसचिवमा राजु थापा चयन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार