इंग्लिस प्रिमियर लिग : लिभरपुल ब्राइटनसँग पराजित

२०८२ चैत्र ८, आईतवार

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका सम्पन्न खेलमा ब्राइटनले लिभरपुललाई पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा ब्राइटनले लिभरपुललाई २-१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलका मिलोस केर्केजले गरेको गोल पर्याप्त भएन । वेलबेकले १४औं मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ३०औं मिनेटमा केर्केजले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफको ५६औं मिनेटमा वेलबेकले दोस्रो गोल गर्दै घरेलु टोलीलाई फेरि अग्रतामा ल्याए । त्यसपछि थप गोल भएनन् र ब्राइटन विजयी भयो । जितपछि ब्राइटन ३१ खेलमा ४३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित लिभरपुल ४९ अंकका साथ पाँचौं स्थानमै यथावत् छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार