काठमाडौँ : कतारको एउटा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
कतारको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा विज्ञप्तिमा जारी गर्दै नियमित ड्युटीका क्रममा कतारी हेलिकोप्टरमा प्राविधिक गडबडी आएपछि राज्यको क्षेत्रीय जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ।
“नियमित ड्युटीका क्रममा कतारी हेलिकोप्टरमा प्राविधिक गडबडी आएपछि यो राज्यको क्षेत्रीय जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको छ,” कतारको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
७ जना सवार उक्त्त हेलिकोप्टरमा ६ जनाको मृत्यु भएको र बेपत्ता रहेका एक जनाको खोजी कार्य जारी रहेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ।









