फागुनमा मात्रै ५१ हजार टन ग्यास आयात

२०८२ चैत्र ९, सोमबार

काठमाडौँ : नेपाल आयल निगमले बढ्दो मागको कारण फागुन महिनामा तीन महिना यताकै उच्च ग्यास आयात गरेको छ ।

उपभोक्ताले सहजै ग्यास नपाएको गुनासोपछि निगमले आधा सिलिण्डर ग्यास बिक्री नीति अवलम्बन गरी फागुन महिनामा ग्यास आयात ह्वात्तै बढाएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार फागुन महिनामा मात्रै ५१ हजार १९२ टन ग्यास भित्रिएको छ ।

यो अघिल्लो महिना अर्थात् पुष र माघको तुलनामा उच्च हो । पुषमा ४७ हजार ४६० टन ग्यास र माघमा ४६ हजार २८५ टन ग्यास आयात भएको थियो ।  त्यस्तै गत वर्षको फागुन महिनाको तुलनामा पनि यस वर्षको फागुनमा ग्यास आयात उच्च देखिएको छ । गत वर्षको फागुनमा जम्मा ३ हजार ४३८ टन ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

अमेरिका–इजरायल र इरानबीच भएको युद्धका कारण मुख्यगरी एसियाली देशहरुमा खाना पकाउने ग्यास र कच्चा तेलको अभाव चर्किएको छ । उपभोक्ताले सहजै ग्यास पाउने अवस्था नदेखिएपछि निगमले गत फागुन २८ गतेदेखि आधा ग्यास सिलिण्डर मात्रै बिक्री वितरण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार