विमान र गाडी ठोक्किँदा दुई पाइलटको मृत्यु

२०८२ चैत्र ९, सोमबार

न्यूयोर्क : अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान र गाडी एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जना पाइलटको मृत्यु भएको छ।

क्यानडाको मोन्ट्रियलबाट ७२ जना यात्रु र चार जना चालक दलका सदस्य बोकेर आएको एयर क्यानडाकोविमान अवतरणपछि धावनमार्गमा गुडिरहेका बेला एउटा गाडीसँग ठोक्किएको बीबीसीले जनाएको छ ।

स्थानीय समयअनुसार आइतबार साँझ भएको दुर्घटनापछि विमानमा सवार ४१ जना यात्रु र चालक दलका सदस्यका साथै गाडीमा रहेका दुई अधिकारीलाई तत्काल अस्पताल लगिएको थियो।

उपचारमा लगिएकामध्ये ३२ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने केही यात्रुको अवस्था अझै गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् । दुर्घटनाका बेला विमान प्रतिघण्टा करिब २४ माइलको गतिमा रहेको बताइएको छ।

यस गम्भीर दुर्घटनापछि ला गार्डिया विमानस्थलबाट हुने सबै उडान र अवतरणहरू अर्को सूचना जारी नभएसम्मका लागि रद्द गरिएको छ। विमानस्थल बन्द हुँदा अमेरिकन एयरलाइन्स, डेल्टा, साउथवेस्ट, युनाइटेड र एयर क्यानडा जस्ता ठूला वायुसेवा कम्पनीका सयौं उडानहरू प्रभावित भएका छन्।

विमानस्थल प्रशासनका अनुसार कम्तीमा स्थानीय समयअनुसार सोमबार दिउँसो २ बजेसम्मका लागि विमानस्थल पूर्ण रूपमा बन्द रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार