रवि लामिछानेको मुद्दामा आज पनि सकिएन सुनुवाइ

२०८२ चैत्र ९, सोमबार

काठमाडौं : रास्वपाका सभापति रवि लामिछानेको अभियोगपत्र संशोधनविरुद्ध परेका रिटमा आज पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

सर्वाेच्चका न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासले मुद्दालाई मंगलबार सुनुवाइ गर्ने गरी हेर्दाहेर्दैमा राखेको हो। अघिल्लो साता लगातार चार दिई सुनुवाइ भएपछि सो मुद्दामा सर्वाेच्चको इजलासले महान्यायाधिवक्ता कार्यालयले गरेको संशोधित निर्णय झिकाउने आदेश भएको थियो। महान्यायाधिवक्ता कार्यालयले शुक्रबार नै निर्णय पठाएको थियो।

लामिछानेलगायत प्रतिवादीविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर लगाउँदा पीडितहरूले न्याय पाउने बाटो बन्द हुने भन्दै महान्यायाधिवक्ता कार्यालयले अभियोगपत्र संशोधन गर्ने निर्णय गरेको थियो। त्यसविरुद्ध सर्वाेच्चमा तीन रिट परेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार