काठमाडौं : फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ युट्युबमा सार्वजनिक भएको छ ।
गीत सार्वजनिक गर्न सोमबार पत्रकार सम्मेलन पनि आयोजना गरिएको थियो । ‘मोहनी लगाउने’ बोलको गीतमा रञ्जित गजमेरको संगीत छ । निर्देशक घिमिरेकै शब्द समावेश गीतमा भारती घिमिरे, साकार अप्टे, अस्मिता अधिकारी, मदनकृष्ण श्रेष्ठ, विपिन कार्कीको स्वर समावेश छ ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, शिव श्रेष्ठ, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, भारती घिमिरे, प्रियंका कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, रेणुनाथ योगी, उमा गिरी, आशा पौडेल, अंकित खड्का, हिउँवाला गौतम, अरुण रेग्मी, रेहान केसीको अभिनय छ । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म १ बैशाख, २०८३ देखि प्रदर्शन तयारीमा छ ।









