काठमाडौँ : फिल्म ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीको आरोपमा उनलाई पक्राउ गरेको हो । कार्कीलाई मंगलबार काठमाडौँको स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अमेरिका लगिदिन्छु भन्दै केही व्यक्तिसँग पैसा उठाएको उजुरीपछि कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । यसअघि अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा ‘तेल भिसा’ निर्माता तथा निर्देशक शङ्कर घिमिरे र उनकी श्रीमती ऋचा घिमिरेविरुद्ध ०८१ कात्तिक अन्तिममा उजुरी परेको थियो ।
फिल्म ‘तेल भिसा’ ०८१ मंसिर ७ गतेबाट प्रदर्शनमा आएको थियो । फिल्मले अमेरिका बस्दै आएका नेपाली समुदायको कथा उठाएको थियो ।









