काठमाडौँ : चैत १३ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’ नेपालभरका हलमा बुकिङ खुलेको छ।
शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्मको अग्रिम टिकट बुकिङ खुलेको हो। चलचित्र केन्द्रीय जाँचपास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट पाइसकेको यो फिल्मलाई सबै उमेरका दर्शकले फिल्म हेर्न सक्ने छन्।
फिल्मलाई निर्देशक मधुसूदन भट्टराईले निर्देशन गरेका हुन् भने फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले),गोविन्दप्रसाद पौडेल,भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।
प्रसिद्धि सिने आर्ट्रस प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन्। तीन दाजुभाइ बीचको सम्बन्ध, उनीहरूबीचको मनमुटावका साथै फिल्ममा रोचक ढंगले प्रस्तुत गरिएको दर्शकले पाउने छन्।
कमेडी तथा सामाजिक कथामा आधारित विक्रम तामाङ कार्यकारी निर्माता रहेको यस फिल्ममा सहनिर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भुकुमार केसी छन्।









