चलचित्र ‘बेहुली’ को शुभ मुहूर्त सम्पन्न

२०८२ चैत्र १३, शुक्रबार

काठमाडौँ : बिहीबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा अर्चना गर्दै नयाँ नेपाली चलचित्र ‘बेहुली’ को शुभ मुहूर्त सम्पन्न गरिएको छ ।

‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’ को प्रस्तुतिमा निर्माण हुन लागेको यस चलचित्रको मुहूर्तसँगै छायाङ्कन र प्रदर्शन मिति पनि घोषणा गरिएको छ । निर्माता अर्जुन पोखरेलका अनुसार यसै साताबाट छायाङ्कनमा निस्कन लागेको यो चलचित्र आगामी वर्षको हरितालिका तीजको अवसर पार्दै भदौ १२ गतेबाट दर्शकमाझ आउनेछ ।

लामो समयदेखि नेपाली सुगम सङ्गीत तथा चलचित्र सङ्गीतमा दर्जनौँ हिट गीत दिएर दर्शक तथा श्रोताको मन जित्दै आएका चर्चित सङ्गीतकार अर्जुन पोखरेल ‘बेहुली’ मार्फत पहिलो पटक चलचित्र निर्माणमा होमिएका हुन् । चलचित्रमा पारस बम ठकुरी (कुलब्वाय) ले प्रमुख नायकको भूमिका निर्वाह गर्दैछन्। पर्दामा उनको जोडीको रूपमा अभिनेत्री दिव्या रायमाझी देखिनेछिन् ।

अभिनेता सुशान्त कार्कीको पनि यस चलचित्रमा महत्त्वपूर्ण भूमिका रहनेछ । चलचित्रमा पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार