काठमाडौँ : रामनवमीको अवसर पारेर आजबाट देशभरका हलमा फिल्म ‘हामी तीन भाइ’ प्रदर्शनमा आएको छ। देशभरका १ सय भन्दा बढी शो सहित प्रदर्शनमा आएको हो।
चैत १३ गतेबाट अर्थात शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क देखिएका छन्। फिल्मले दर्शकलाई सामाजिक कथामा कमेडी,पारिवारिक खटपट तथा सन्देश पनि दिने निर्माण पक्षले जनाएको छ। फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन्।
कमेडी तथा सामाजिक कथामा आधारित यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले),गोविन्दप्रसाद पौडेल,भूमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतको अभिनय दर्शकले हेर्न पाउने छन्।
प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन्। विक्रम तामाङ कार्यकारी निर्माता रहेको यस फिल्ममा सहनिर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भुकुमार केसी छन्।









