काठमाडौँ : फिल्म ‘परालको आगो’ दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा प्रकाश सपुत र गायिका शान्तिश्री परियारको स्वर रहेको छ। प्रकाशकै शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन सुदिप सागरले गरेका हुन् । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुतलाई देख्न सकिन्छ । मायालु भावका प्रस्तुत भएका सुहाना र प्रकाशको जोडीलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।
गीतको कोरियोग्राफी रामजी लामिछानेको छ भने फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका हुन् । यसअघि सार्वजनिक गीत ‘उडी जाउँ भने,म पन्छी होइन’लाई भने दर्शकले रुचाएका छन् ।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय छ ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मको निर्मातामा सुशील पोखरेल हुन् । सङ्कल्प भुजेलको छायाङ्कन,रामजी लामिछाने,मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा सुलभी पोखरेल र सत्यम पोखरेल पनि निर्माता हुन् ।









