काठमाडौं : चलचित्र ‘पार्वर्ती’ले नयाँ प्रदर्शन मिति तय गरेको छ । चैत २४ गतेबाट छायांकनमा निस्किने तयारी गरेको चलचित्रले प्रदर्शन मिति घोषणा गरेको हो ।
निर्देशक नीताले चलचित्र आगामी भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने बताएकी छन् । “हामी यही चैत २४ गतेबाट चलचित्रको छायांकनमा निस्किदै छौँ । र, हामीले वितरक तथा सबैसँगको सल्लाह अनुसार फिल्मलाई आगामी भदौ १२ गतेबाट रिलिज गर्ने घोषणाको तयारीमा पनि छौँ,” उनले भनेकी छन् ।
चलचित्रको मुख्य भूमिकामा नीता आफैँ रहनेछिन् । नीतासँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायतको अभिनय रहनेछ । चलचित्रमा कथा तथा पटकथा निर्देशक नीता कै रहनेछ । चलचित्रलाई सुदीप बरालले खिच्नेछन् ।





