फिल्म ‘बाटुलो जून’ असोज ३० गते रिलिज हुने

२०८२ चैत्र १७, मंगलवार

काठमाडौँ : फिल्म ‘बाटुलो जून’ नयाँ वर्ष (२०८३) दसैँको फूलपातीको छेको पारेर असोज ३० गते रिलिज हुने भएको छ ।

निर्माण युनिटले सोमबार अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा अनमोल र प्रिन्सी खतिवडाको मुख्य भूमिका छ । फिल्मको फष्टलुक समेत सार्वजनिक भएको छ । जसमा अनमोल र प्रिन्सी फिचरिङ छ ।

पूर्णिमाको टहलाउँदो जूनलाई पृष्ठभूमिमा राखिएको पोस्टरमा अनमोलले एक हातमा तत्कालीन परिवेशको प्रकाशको प्रतिबिम्ब राँको बोक्दा अर्को हातले प्रिन्सीको पाउजु सहितको खुट्टा समाएका छन् ।

ग्रामीण परिवेशको प्रेमकथा जोडिएको फिल्म जिया केसी र भविष्य खड्काले निर्माण गरेको हो । अभिनेता भुवन केसीले निर्देशन गरेको फिल्ममा भुवन केसी, अनमोल केसी, प्रिन्सी खतिवडा, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय समावेश छ ।

फिल्म काठमाडौँ, म्याग्दी, नुवाकोट, चित्लाङ र पोखरा लगायतका स्थानमा छायाङ्कन गरिएको छ ।  तेजविक्रम केसी फिल्मका कार्यकारी निर्माता छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार