फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने

२०८२ चैत्र १८, बुधबार

काठमाडौं : किराँत राई समुदायको मौलिक संस्कृति र मूल्य-मान्यतामा आधारित फिल्म ‘नाक्छोङ’ (विजुवा) हङकङमा प्रदर्शन हुने भएको छ ।

किराँत राई यायोक्खा हङकङको आयोजनामा अप्रिल ५ (२२ चैत)मा हङकङमा फिल्मको प्रदर्शन हुन लागेको हो । निर्माता ज्योतिराज राईका अनुसार फिल्मको शो हङकङको नाथन रोडस्थित जोर्डनमा रहेको जेडी मलमा आयोजना हुनेछ ।

किराँत समुदायमा नाक्छोङ (विजुवा)को महत्व र यसको अभावले समुदायको रीतिरिवाज, कुलपितृ, विवाह र मरणशरणमा पार्ने प्रभावबारे सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको यस फिल्ममा भुवन सिंह राई, यासेली योङ्हाङ, सुष्मा सुब्बा गुरुङ, अनुशा राई, हेम दिलुङ्गछा राई, उदय शुब्बा कुरुङबाङ, सारा राई लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मका निर्देशक किरण राई हुन् । उनले यसअघि ‘लुङ्गा’ र ‘जिउपंचौ’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन् । यस फिल्ममा बाबु श्रेष्ठको छायांकन, किरण राईको सम्पादन, राजन मुकारुङ र विष्णु किराँतीको शब्द तथा दिनेशकाजी वान्तवा र अनिल कोई राईको संगीत रहेको छ । नेपालमा फिल्मलाई आगामी वर्ष प्रदर्शन गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार