गृहमन्त्री गुरुङद्वारा नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन

२०८२ चैत्र १८, बुधबार

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको स्थलगत निरिक्षण गर्दै मन्त्री गुरुङले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक सेवा प्रदान गर्न निर्देशन दिए । साथै उनले प्रहरी सेवामा प्रविधिको प्रयोगको सन्दर्भमा सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

निरिक्षणका क्रममा गृहमन्त्री गुरुङले परिसरबाट भइरहेको कामकारवाही सेवा प्रवाह र अपराध अनुसन्धानका विषयमा जानकारी लिएको परिसर प्रमुख एसएसपी थापाले बताए । त्यस्तै एसएसपी थापाले काठमाडौंमा १३ सय भन्दा बढि सीसिटिभी रहेकोमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि ९ सय ३७ वटा सीसिटिभी पुनः जडान भइसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार