एमाले संसदीय दलको नेतामा बादल निर्वाचित

२०८२ चैत्र १८, बुधबार

काठमाडौँ : नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित भएका छन् । बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा उनी दलको नेता चयन भएका हुन् ।

सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएसँगै बादल दलको नेता चयन भएको निर्वाचन समितिका संयोजक नीरज आचार्यले जानकारी दिए । दलको नेतामा इलाम–२ बाट निर्वाचित युवा सांसद सुहाङ नेम्वाङले दाबी गरेका थिए । भर्खर सम्पन्न निर्वाचनमा एमालेले जम्मा २५ सिट जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार