खड्का र शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश

२०८२ चैत्र १८, बुधबार

काठमाडौं : सर्वोच्च अदालतले पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए । पूर्वमन्त्री खड्का सम्पत्ति शुद्धिकरणमा अनुसन्धानका लागि आइतबार पक्राउ परेका थिए ।

एमालेको लुम्बनी प्रदेश सांसद शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरूद्धको कसुर गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार