अन्याय भएको भन्दै कांग्रेस नेतृ तिमिल्सेना पुगिन् सर्वोच्च

२०८२ चैत्र १८, बुधबार

काठमाडौं : समानुपातिक सूचीको पहिलो नम्बरमा रहेर पनि निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचित नगराएको प्रश्न उठाउँदै कांग्रेस नेतृ विद्यादेवी तिमिल्सेनाले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

तिमिल्सेनाले समानुपातिक सूचीको खस आर्य महिला ‘क्लस्टर’बाट पहिलो सूचीमा रहे पनि पुरुषबाट समानुपातिक सूचीको ७ औँ नम्बरमा रहेका व्यक्तिलाई आयोगले निर्वाचित गरेको दाबी गरेकी छन् ।

उनले आफूलाई समानुपातिक सांसदमा नराखेर कालिबहादुर सहकारीलाई सूचीमा पारिएको भन्दै बदर गर्न माग गरेकी छन् । तिमिल्सेनाको रिटमा आगामी चैत २५ गतेका लागि सुनुवाइका लागि पेसी तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार