काठमाडौँ :प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले राजिनामा दिएका छन्। अध्यक्ष परिषद्मा रहेका किरातीसँगै दुर्गा सोब र ओजस्वी भट्टराईले पनि राजिनामा दिएको सार्वजनिक भएको छ। यद्यपी उनीहरू दुई जनाले यसबारे औपचारिक रूपमा बोलेका छैनन्।
तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा र पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईको अगुवाइमा बनेको प्रलोपाको अध्यक्ष मण्डलमा पाँच जना सदस्य थिए। तीन जनाले राजिनामा दिएपछि अब अशोक जैसवाल र सन्तोष परियार अध्यक्ष मण्डलमा रहेका छन्। त्यसबारे छलफल गर्न बुधबार परिषद् बैठक बसेको थियो। किराती उक्त बैठकमा सहभागी भएनन्।





