साइकलबाट लडेर एक पुरुषको मृत्यु

२०८२ चैत्र १९, बिहीबार

महोत्तरी : गौशाला–फुल्काहा सडकखण्डमा आज साइकलबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार गौशाला नगरपालिका–६ स्थित भित्री सडकखण्डमा फुल्काहाबाट गौशालातर्फ आउँदै गर्दा साइकलबाट लडेर ती पुरुषको मृत्यु भएको हो । उनको परिचय खुल्न नसकेको उनले बताए । साइकलबाट लडेर घाइते भएका ती व्यक्तिलाई नगर अस्पताल गौशाला पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको शव नगर अस्पताल गौशालामै राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार