लापरवाहीपूर्ण ढंगले सवारी चलाउनेको लाइसेन्स खारेज हुने

२०८२ चैत्र २०, शुक्रबार

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सडक अनुशासन उल्लंघन गर्ने र लापरवाहीपूर्ण ढंगले सवारी चलाउने चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) खारेज गर्ने प्रक्रिया शुरु गरिएको बताएका छन्।

यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा बोल्दै एसएसपी अधिकारीले पटक–पटक नियम उल्लंघन गर्ने र जरिवाना तिर्न नआउने चालकहरूलाई अब छूट नदिइने स्पष्ट पारे। उनले भने, “ट्राफिक प्रहरीको पहिलो मिसन व्यवहारमा परिवर्तन ल्याउनु हो। प्रहरी पनि समाजकै हिस्सा हुन् र कमी–कमजोरी भए सुधार्दै लैजाने प्रतिज्ञा गर्छौं।”

एसएसपी अधिकारीले राजश्व खातामा पुगेको रकम ट्राफिक प्रहरीले मिनाहा गर्न नसक्ने भएकाले यसमा सबै पक्ष स्पष्ट हुनुपर्ने बताउँदै, सार्वजनिक यातायातमा १० प्रतिशत खराब आचरण भएका मजदुरका कारण बाँकी ९० प्रतिशत राम्रा मजदुरहरू बद्नाम भइरहेको उल्लेख गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार