काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य स्थिर रहेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रूपैयाँ कायम भएकोमा आज ५० रूपैयाँले बढेर ४ हजार ८ सय ३० रूपैयाँ कायम भएको छ ।





