सामसङले ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ नामक नयाँ अफर सार्वजनिक

२०८२ चैत्र २०, शुक्रबार

काठमाडौँ : नेपाली नयाँ वर्षको उपलक्ष्यमा सामसङले ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्ना नयाँ टिभी र होम एप्लायन्सहरूमा विशेष छुटसहित यो अफर ल्याइएको हो । कम्पनीका अनुसार यो अफर १ अप्रिलदेखि १४ मे, २०२६ सम्म लागु हुनेछ । यो क्याम्पेन अन्तर्गत सामसङले टिभीमा २५% सम्म, वाशिङ मसिनमा २३% सम्म र रेफ्रिजरेटरमा १७% सम्मको छुट उपलब्ध गराएको छ ।

अफरलाई अझ आकर्षक बनाउन निश्चित टिभी मोडेल खरिदमा ३,००० रुपैयाँ बराबर १२ महिनासम्मको नेटटिभी प्याकेज नि:शुल्क पाउन सकिनेछ । त्यसैगरी निश्चित वाशिङ मसिन मोडेलको खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक पक्का उपहारको रूपमा नि:शुल्क पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार