काठमाडौँ : नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ ।
सत्तापक्षसँग संसद्मा सुविधाजनक अंक रहेको र सभामुख साझा व्यक्ति पनि भएको हुँदा सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
‘संसद् मर्यादित र निष्पक्ष ढंगले चलाउने दायीत्व सभामुखमा रहेको हुँदा संसद्को गरिमा थप बढ्ने अपेक्षा सहित उम्मेदवारी नदिने निर्णय गरेका हौं,’ उनले भने ।
नेकपा एमालेले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेको छैन ।





