रास्वपा कर्णालीका सहमहामन्त्री अधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८२ चैत्र २०, शुक्रबार

सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश समितिका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको भन्दै अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिको १२ लाखभन्दा बढी रकम हिनामिना गरेको अख्तियारले बिहीबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । अख्तियारले वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्रबहादुर वयक क्षेत्री र सदस्य हरिप्रसाद अधिकारीले आपसी मिलेमतोमा रकम दुरुपयोग गरेको भन्दै मुुद्दा दायर गरेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार