भक्तपुरका विभिन्न ठाउँबाट ६० बढी व्यक्ति पक्राउ

२०८२ चैत्र २२, आईतवार

भक्तपुर : प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्‍याउने ६० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ ।

बिस्केट जात्रालाई शान्तिपूर्ण सञ्चालनका लागि जिल्ला प्रहरी परिसर भक्तपुरले चलाएको ‘स्वीप अप्रेशन’ अभियानका क्रममा शनिबार राति ६० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काले जानकारी दिए ।

भक्तपुरको ठिमी र जगाते प्रहरी वृत्तसहित जिल्लाका विभिन्न प्रभाग र युनिटलाई परिचालन गरी अप्रेसन सुरु गरिएको थियो ।

सार्वजनिक स्थलमा होहल्ला गर्ने, शङ्कास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने लगायत क्रियाकलापमा संलग्न भएका कारण उनीहरुलाई पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार