फेवातालको अस्थायी टहरामा डोजर चलेपछि स्थानीय आन्दोलित

२०८२ चैत्र २२, आईतवार

काठमाडौँ : पोखरा महानगरपालिकाले फेवाताल क्षेत्रको अस्थायी टहरामा डोजर चलाएपछि स्थानीय आन्दोलित बनेका छन् । महानगरले हिजो बिहानै फेवाताल वरपरको अस्थायी संरचनामा डोजर चलाएको थियो ।

आफूहरुलाई सूचना नै नदिई संरचनामा डोजर चलाएको भन्दै स्थानीयहरु आक्रोशित भएका हुन् । उनीहरुले आज जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र मेयर धनराज आर्चायलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले राज्यको यो अदूरदर्शी कदमले पोखराको पर्यटन, अर्थतन्त्र, सामाजिक संरचना र नागरिकको नागरिकहरू सुतिरहेको अवस्थामा गरिएको ‘डोजर आतङ्कप्रति आपत्ति जनाएका छन् ।

व्यक्तिगत सनक र हचुवाको भरमा ल्याइएको ६५ मिटर मापदण्ड र सोही आधारमा मध्यरातमा गरिरहेका पुराना गुरुङ बस्ती र आफ्नो पुख्यौली पेसा सहित जीविकोपार्जन गरिरहेका जलारी समुदाय ऐतिहासिक र सांस्कृतिक पहिचानमाथि प्रहारः यो क्षेत्रमा १०० वर्षभन्दा अघिदेखि बसोबास संवैधानिक हकमाथि निम्त्याउने गम्भीर असर पर्ने भन्दै आफ्नो थातथलो र पहिचान मेटिने गरी गरिएको यो कार्य प्राकृतिक न्यायको लगायत विभिन्न जातवातीहरूलाई विस्थापित गर्नु भनेको पोखराको ऐतिहासिक र सांस्कृतिक जग सिद्धान्तको घोर उल्लंघन भएको बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार