काठमाडौं : जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ । सर्वोच्च अदालतका शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका तत्कालिन संस्थापक नेता रेशम चौधरी पक्राउ परेका थिए । उक्त घटनापछि विष्ट पक्राउ परेका थिए ।
न्यायाधीश खिमानन्द भुषालको इजलासले उनलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाका लागि अर्को सुनुवाई गर्न आदेश दिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।





