गुल्मी : गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका–४ मिसुकामा बोलेरो पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
वीरवासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको बोलेरो पिकअप जिप अचानक ब्रेक फेल भएर स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किन पुगेको थियो ।
मृत्यु हुनेमा गुल्मीदरबार–४ की ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।









