काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव राम कुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । आम निर्वाचन २०८२ मा पार्टीले एक सिट पनि जित्न नसकी शून्यमा झरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा घोषणा गरेका हुन् ।
एक विज्ञप्ति जारी गर्दै शर्माले मधेस आन्दोलनको जगमा स्थापित ५२ सिटको पार्टी शून्यमा खुम्चिनुलाई ूसामूहिक अयोग्यता र अक्षमताको प्रमाणू भनेका छन्। उनले जनताको जनादेशलाई स्वीकार गर्दै नैतिकताको आधारमा राजीनामा दिएको बताए ।
शर्माले निर्वाचनमा बालेन्द्र साह नेतृत्वको रास्वपाको जितलाई विगतका दलहरूको कुशासन, भ्रष्टाचार र बेथितिविरुद्धको जनमतको रूपमा व्याख्या गरेका छन् । उनले आफूलाई जिम्मेवारी दिने पार्टी अध्यक्ष उपेन्द्र यादवप्रति आभार व्यक्त गर्दै पदत्याग गरेका हुन् ।









