सारिकाको नयाँ गीत ‘गुन भुल्यौ-२ साइला दाइ’ सार्वजनिक

२०८२ चैत्र २३, सोमबार

काठमाडौँ : गायिका सारिका घिमिरेले आफ्नो चर्चित गीत ‘गुन भुल्यौ’ को अपार सफलतापछि यसको सिक्वेल ‘गुन भुल्यौ-२ साइला दाइ’ सार्वजनिक गरेकी छन् ।

सारिकाकै शब्द, संगीत, स्वर रहेको गीतको भिडियो पनि बनेको छ । जसमा सारिका, सौर्य तिरुवा र जेरी भण्डारीको अभिनय छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा करण चैसिरको छायाङ्कन र मनोज कार्कीको सम्पादन छ । प्रेमविछोडको पीडा समेटिएको गीत माया गरेर भुलेर जानेका लागि गरिएको गुनासो भएको गायिका सारिका बताउँछिन् ।

अभिनेत्री समेत रहेकी सारिका पछिल्लो समय नियमित गीतसंगीत ल्याइएकी छन् । एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी उनले दर्जन हाराहारीका गीत बाहिर ल्याइसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार