काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ ।
काठमाडौं जिल्ला अदालतले आइतबार उनीहरूविरुद्ध ५ दिन म्याद थप गरिदिएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा गृहमन्त्रीको हैसियतमा उनको भूमिकामाथि प्रश्न उठाउँदै जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
ओली र लेखक दुवै जना चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ परेका थिए ।









