गृह मन्त्रालयका चार सहसचिव र तीन उपसचिवको सरुवा

२०८२ चैत्र २२, आईतवार

काठमाडौँ : गृह मन्त्रालयले चार सहसचिवसहित सात जनाको सरुवा गरेको छ ।

मन्त्रालयले चार जना सहसचिव र तीन जना उपसचिवकाे सरुवा गरेको हो । डा. डिजन भट्टराईलाई बैतडीकाे प्रमुख जिल्ला अधिकारी(सीडीओ) बनाएर पठाइएकाे छ । यस्तै खडानन्द अधिकारीलाई जाजरकाेटकाे सीडीओ बनाइएकाे छ ।

कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग काठमाडाैँमा कार्यरत महानिर्देशक सुमन घिमिरे(सहसचिव) काे गृह मन्त्रालयमा सरुवा गरिएकाे छ । राजु प्रसाद पाैडेल, कृष्ण थापा र सुमन कुमार कार्कीलाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको मन्त्रालय जनाएको छ । उनीहरूलाई क्रमश: इलाम,पर्सा र संखुवासभा सरुवा गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार