भक्तपुर प्रहरीद्वारा ‘स्वीप अप्रेसन’, एकैदिन ३० जना पक्राउ

२०८२ चैत्र २३, सोमबार

भक्तपुर : जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेसनमा आइतबार ३० जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

प्रहरी परिसर प्रमुख सूर्यबहादुर खड्काले भने, “स्वीप अप्रेसनमा आज ३० जना पक्राउ ग-यौँ, हिजो ६० जना पक्राउ गरेका थियौँ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेका छौँ ।” उनले विभिन्न घट्नमा संलग्न रहेको आधारमा धेरै व्यक्ति पक्राउ गरेको जानकारी दिँदै स्वीप अप्रेसन जारी राखेको बताए ।

सार्वजनिक स्थलमा शान्ति सुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शंकास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्ने जस्ता गतिविधि गर्नेलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार