काठमाडौं : सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ६ सय रूपैयाँले घटेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रूपैयाँ कायम भएकोमा आज २ हजार ६ सय रूपैयाँले घटेर २ लाख ९१ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ३० रूपैयाँ कायम भएकोमा आज ५० रूपैयाँले घटेर ४ हजार ७ सय ८० रूपैयाँ कायम भएको छ ।









