सुदूरपश्चिमको वन मन्त्रीमा शिवराज भट्ट नियुक्त

२०८२ चैत्र २३, सोमबार

काठमाडौं : सुदूरपश्चिम प्रदेशको वनमन्त्रीमा शिवराज भट्ट नियुक्त भएका छन् । नवनियुक्त मन्त्री भट्टको शपथ ग्रहण पनि आजै हुनेछ ।

मुख्यमन्त्री कमलबहादुर शाहले बैतडीबाट प्रदेश सभामा निर्वाचित नेपाली काङ्ग्रेसका सांसद भट्टलाई प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् ।

यो मन्त्रालय असारदेखि रिक्त थियो । मुख्यमन्त्री शाहले नियुक्तिबारे प्रदेश प्रमुखलाई जानकारी गराइरहेका छन् ् आजै ५ बजे भट्टको शपथ ग्रहणको कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार