काठमाडौं : कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् ।
चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहका अनुसार, उपाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाइएको छ । अदालतबाट म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घटना सुद्धोधन गाउँपालिका–५, हतिया धौनी क्षेत्रमा भएको हो । उपाध्यक्षकानिकट व्यक्तिहरूले ल्याएको सामान जाँच गर्ने क्रममा सशस्त्र प्रहरी र उपाध्यक्षबीच विवाद सुरु भएको जनाइएको छ । सोही क्रममा चौधरीले ‘यो मेरो गाडी हो’ भन्दै ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवानमाथि हातपात गरेको आरोप छ ।









