तपाईँको आजको राशिफल : आज मिति २०८२ चैत्र २४ गते मंगलवार

२०८२ चैत्र २४, मंगलवार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ऊर्जा र क्रियाशीलतामा कमी आउनेछ। मनमा नयाँ योजना र लक्ष्यहरू आउनेछन्।संचित रकम खर्च गर्नुपर्ला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पुरानो लगानीबाट फाइदा उठाउन सकिनेछ। अनावश्यक खर्च बढ्नुका कारण बजेट व्यवस्थापनमा ध्यान दिनु आवश्यक रहेको छ। स्वास्थ्यलाई विचार गर्दा शरीरमा थकान र टाउको दुख्ने समस्या देखिन सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारका सदस्यहरूसँग सल्लाह गरेर निर्णय लिनु राम्रो रहनेछ। सामाजिक काममा सहभागी हुने अवसर आउन सक्छ। नयाँ सीप सिक्ने वा तामिल लिने अवसर मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ व्यक्तिहरूसँग भेटघाटको सम्भावना रहेको छ जसले भविष्यमा लाभ दिलाउनेछ। नयाँ योजना बनाउँन र परियोजना सुरु गर्न अनुकूल समय रहेको छ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। जोखिमपूर्ण निर्णय लिनदेखि बच्नुहोस्। आर्थिक क्षेत्र कमजोर रहनेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आय आर्जन गर्ने स्रोतहरू खुल्नेछन्। कार्यक्षेत्रमा मनोबल उच्च रहनेछ। माननीय जनहरूबाट सहयोग पाइएला। अध्ययन र सृजनात्मक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशागत क्षेत्रमा केही नयाँ अवसरहरू देखा पर्न सक्छन्। काममा तपाईँको नेतृत्व क्षमता देखिनेछ जसले अरु मानिसलाई प्रभावित पार्न सकिन्छ। आर्थिक दृष्टिले लाभदायी समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतियोगी परीक्षा या अध्ययन सम्बन्धी काममा सफलता मिल्ने संकेत छ। जीवनसाथी र प्रियजनहरूसँग समय बिताउँदा सम्बन्ध झन् सबल हुनेछ। नोकरी वा पेशामा हजुरको सुझावको प्रशंसा हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धैर्य र समझदारीले समस्याको समाधान गर्न सकिनेछ। विद्यार्थीहरूको अध्ययनमा ध्यान केन्द्रित हुनेछ। व्यापार व्यवसायमा पुरानो ग्राहकहरूसँग सम्बन्ध बलियो बन्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सञ्चार वा प्राविधिक क्षेत्रबाट सकारात्मक संकेत रहनेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ। पुराना रोकिएका कार्यहरू पुनः प्रारम्भ गर्न सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) करियरको क्षेत्रमा प्रगति हुनेछ। आर्थिक पक्षमा स्थिरता आउनेछ। कार्यक्षेत्रमा व्यस्तता बढ्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। शेयर बजारबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) चिताएको कार्य सम्पादन गर्न सकिनेछ। नयाँ अनुबन्ध व्यापार विस्तारको लागि सहायक हुनेछ। कानुनी मुद्दा मामलाहरूमा पक्ष मजबुत रहनेछ। अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार