काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर २ लाख ९१ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रूपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर ४ हजार ८ सय २० रूपैयाँ कायम भएको छ ।









