काठमाडौँ : नेकपा एमालेमा नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका नेताहरूलाई कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले छलफल गर्न बोलाएका छन् ।
मंगलबार दिउँसो ३ बजे नेता थापाले पार्टी कार्यालय च्यासलमा बोलाएको अनेरास्ववियुका उपमहासचिव कमल जोशीले जानकारी दिए ।
‘छलफल गर्नुछ आउनु भनेर खबर आएको छ’, जोशीले भने, ‘विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान चलाउनेहरूलाई बोलाएको भन्ने सुनेको छु ।’
हस्ताक्षर अभियानमा संलग्न एमाले निकट नेपाल बौद्धिक परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले पनि ३ बजे च्यासल बोलाइएको बताए ।
गत चुनावमा एमालेले लज्जास्पद नतिजा ल्याएपछि एमालेका युवा, विद्यार्थी र बुद्धिजीवीहरूले समयानुकूल नयाँ नेतृत्व निर्माण गर्नुपर्ने बताउँदै आएका छन् ।
उनीहरूले अध्यक्ष ओलीको विकल्प खोज्नुपर्ने समेत बताउँदै आएका छन् ।





