४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोग नगर्न निर्देशन

२०८२ चैत्र २४, मंगलवार

काठमाडौँ : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातला प्लाष्टिकका झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा रोक लगाउन पुनः निर्देशन दिएको छ। विभागले मंगलबार एक सूचना जारी गर्दै वातावरणीय प्रदूषण न्यूनीकरण गर्न यस्तो कदम चालिएको जनाएको छ ।

विभागका अनुसार, मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको निर्णयबाट स्वीकृत ‘प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८’ अहिले कार्यान्वयनमा छ । यसैगरी, आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नम्बर ११८ मा समेत प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण कम गर्न ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा रोक लगाउने उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, ‘२०८२ मंसिर १ गतेदेखि लागू हुने गरी ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा रोक लगाइएको छ । त्यसैले दैनिक कामकाजका क्रममा यस्ता झोला प्रयोग नगर्न र नगराउन सम्बन्धित सबैलाई पुनः अनुरोध गरिन्छ ।’

सरकारले वातावरण जोगाउने उद्देश्यले ल्याएको यो नियम उल्लङ्घन गर्नेलाई पनि कानुनी कारबाही गरिने जनाएको छ।

image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार